हाल अष्ट्रेलिया नेपाली विद्यार्थीहरूका लागि उच्च शिक्षाको पहिलो गन्तव्य बन्दै गएको छ। विश्वस्तरीय शिक्षा, रोजगारी-उन्मुख पाठ्यक्रम, सुरक्षित वातावरण र बहुसांस्कृतिक समाजको अनुभवले गर्दा अष्ट्रेलिया अन्य देशभन्दा बढी आकर्षक बनेको हो।
अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरूलाई अध्ययनसँगै पार्ट-टाइम रोजगारी गर्ने अवसर उपलब्ध हुन्छ। हाल अष्ट्रेलियन सरकारले विद्यार्थीहरूलाई प्रति घण्टा २५ डलरसम्मको न्यूनतम पारिश्रमिक उपलब्ध गराएको छ, जसले उनीहरूलाई आत्मनिर्भर बनाउन ठूलो सहयोग पुगेको छ।
पहिले नै अष्ट्रेलिया पुगेका नेपालीहरूले त्यहाँको समाज र अर्थतन्त्रमा उल्लेखनीय योगदान दिएका छन्। यसै कारण, अष्ट्रेलियन सरकार र समाजले नेपाली विद्यार्थीहरूलाई सकारात्मक दृष्टिले हेर्ने गरेको छ।
यसैबीच, हालैको समय अष्ट्रेलिया जान चाहने विद्यार्थीहरूले समयमै आवश्यक शैक्षिक कागजात, आयस्रोतको प्रमाण र अन्य औपचारिकताहरू पूरा गरी विद्यार्थी भिसा आवेदन समयमै दिन सके भिसा प्राप्त गर्ने सम्भावना निकै उच्च भएको देखिन्छ। ढिला गरी हतारमा कागजात तयारी गर्दा अनावश्यक खर्च र जोखिम बढ्ने भएकाले विद्यार्थी तथा अभिभावकहरू सचेत रहनुपर्ने आवश्यकता छ।
क्याम्ब्रिज एजुकेशन, भिआइपी मार्ग, बागबजार, काठमाडौंले विगत १६ वर्षदेखि नेपाली विद्यार्थीहरूलाई अष्ट्रेलिया, बेलायत, क्यानडा, अमेरिका, न्यूजिल्यान्ड र आयरल्यान्डमा अध्ययनका लागि सत्यनिष्ठ परामर्श दिँदै आएको छ। हजारौं विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्याउँदै आएको क्याम्ब्रिज, आज पनि विद्यार्थीहरूको पहिलो रोजाइ बनेको छ।