केही वर्षयता उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीहरूको संख्या निरन्तर बढिरहेको छ। विशेषगरी अष्ट्रेलिया, बेलायत, क्यानडा, न्यूजिल्याण्ड, जापान जस्ता विकसित देशहरू विद्यार्थीहरूको प्राथमिक रोजाइमा परेका छन्। शिक्षा मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार, गत वर्ष करिब १ लाख १२ हजार भन्दा बढी विद्यार्थीले नो अब्जेक्सन लेटर (NOC) प्राप्त गरेका छन्। यसमा अष्ट्रेलिया, बेलायत र क्यानडाका विश्वविद्यालय तथा कलेजहरू प्राथमिक गन्तव्य बनेका छन्।
किन नेपाली विद्यार्थीहरू निरन्तर विदेश गइरहेका छन्?
विश्वव्यापीकरण (Globalization) र विकसित देशको शिक्षा प्रणाली, व्यवहारिक ज्ञान, जीवन व्यवस्थापन क्षमता र अध्ययनसँगै आर्थिक अवसरले विद्यार्थीहरूलाई विदेश तर्फ आकर्षित गरेको छ। नेपालको शिक्षा प्रणाली अझै परम्परागत, थ्योरिटिकल र कक्षा–केंद्रित छ भने, विकसित देशको शिक्षा प्रयोगात्मक, व्यावहारिक र व्यावसायिक छ। विद्यार्थीहरूले अन्तर्राष्ट्रिय डिग्री, बहुसांस्कृतिक अनुभव र रोजगारीका अवसरको खोजी गर्दै विदेश जाने गर्छन्।
फरक संस्कृति, कानुन र भूगोलमा विद्यार्थीले कसरी अडिन्छन्?
अभिभावकहरू प्रायः प्रश्न गर्छन्—विद्यार्थीले नयाँ देशको संस्कृति, कानुन र भूगोलसँग कसरी सामन्जस्य राख्ने? आधुनिक ग्लोबल समाजमा यो कुनै चुनौती होइन। सामाजिक सञ्जाल जस्तै फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम ले विश्वका सबै जानकारी विद्यार्थीको हातसम्म पुर्याएको छ। नेपालमै बस्दा विद्यार्थीले विदेशी भाषा, संस्कृति र जीवनशैलीबारे पूर्व जानकारी पाइसकेका हुन्छन्। साथै, अघिल्ला पुस्ताका लाखौं नेपाली विद्यार्थीले विदेशमा अध्ययन गरेर भाषा, संस्कृति, कानुन र जीवनशैली बुझिसकेका कारण नयाँ विद्यार्थीका लागि समस्या कम हुन्छ।
विद्यार्थीहरूको पहिलो रोजाइमा अष्ट्रेलिया, बेलायत पर्नुको कारण
विश्वव्यापी मान्यता प्राप्त शिक्षा – अष्ट्रेलिया र बेलायतका विश्वविद्यालय र कलेजहरूले अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्छन्।
विश्वकै उत्कृष्ट विश्वविद्यालय र कलेजहरू – विद्यार्थीले हरेक विषयमा अध्ययन र अनुसन्धान गर्न पाउँछन्।
शैक्षिक र आर्थिक पहुँच – १२ पास गरी English (IELTS/PTE) मा योग्य अंक ल्याएका विद्यार्थीले यी देशका कुनै पनि विश्वविद्यालयमा प्रवेश पाउन सक्छन्।
विदेशी विद्यार्थीमैत्री नीति – अष्ट्रेलियन र बेलायती सरकारले विदेशी विद्यार्थीलाई सहज वातावरण र अवसर प्रदान गरेका छन्।
अध्ययनसँगै काम गर्ने र छात्रवृत्ति प्राप्त गर्ने अवसर – यी अवसरहरूले विद्यार्थीको आत्मनिर्भरता र अनुभवलाई बलियो बनाउँछ।
योग्यता आधारित पहुँच – लिङ्ग, जात, समुदाय, भौगोलिक स्थानमा कुनै सीमितता छैन।
नेपालमै अन्तर्राष्ट्रिय शिक्षा उपलब्ध भए पनि विदेश किन जानुपर्छ?
नेपालमा गुणस्तरीय शिक्षा उपलब्ध छ। तर, विदेशले विद्यार्थीलाई अत्याधुनिक प्रयोगशाला, पुस्तकालय, प्रविधि, नयाँ विषय र बहुसांस्कृतिक वातावरण प्रदान गर्छ। साथै, विदेशमा अध्ययन गर्दा स्थिर शैक्षिक वातावरण र राजनीतिक प्रभाव बाहिरको संरचना पनि विद्यार्थीलाई फराकिलो दृष्टिकोण दिन्छ।
विद्यार्थीले विदेशमा सामना गर्नुपर्ने चुनौतीहरू
विदेशको जीवन सिनेमाजस्तो छैन। विद्यार्थीले एक्लोपन, भाषा समस्या, कानुनी अनभिज्ञता, मानसिक दबाब जस्ता चुनौतीहरू भोग्छन्। तर, सही तयारी, दृढ मनोबल र सकारात्मक सोच भएमा यी चुनौती अवसरमा परिणत गर्न सकिन्छ।
समस्या भोग्ने कारणहरू
विद्यार्थीले असफलता भोग्ने मुख्य कारणहरू:
शैक्षिक योग्यता र आर्थिक क्षमताको अभाव
गलत शैक्षिक परामर्श वा कन्सल्टेन्सी
अभिभावकको दबाब
विषय वा कोर्सको गलत चयन
विद्यार्थीले सम्बन्धित विषयमा निरन्तरता नदिँदा वा फर्जी परामर्श पाएमा समस्या आउँछ।
विदेश जानुअघि ध्यान दिनुपर्ने कुराहरू
देशको शैक्षिक, सामाजिक, कानुनी र सांस्कृतिक पृष्ठभूमि बुझ्ने
अध्ययनको उद्देश्य स्पष्ट राख्ने-पढ्न, अनुभव लिन, वा स्थायी बसोबासका लागि
भाषा परीक्षा (IELTS/PTE) तयारी
खर्च व्यवस्थापन र विश्वसनीय कन्सल्टेन्सी छनोट
कलेज ट्युसन, भिसा शुल्क र टिकट प्रक्रियामा स्पष्टता
नेपाल फर्कने वा बस्ने विषय
विद्यार्थीले विदेश गएर प्राप्त गरेको सीप, ज्ञान र अनुभव स्वदेशमै प्रयोग गर्नु आवश्यक छ। विदेशमा मात्र ज्ञान सिक्ने होइन, त्यो ज्ञानले नेपालको शिक्षा, कृषि, स्वास्थ्य, पूर्वाधार र लगानी क्षेत्रमा योगदान पुर्याउनुपर्छ।
निष्कर्ष
विदेश अध्ययनले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा, बहुसांस्कृतिक अनुभव, आत्मनिर्भरता, परिपक्वता र जीवन परिवर्तन गर्ने अवसर प्रदान गर्छ। त्यसैले, अष्ट्रेलिया, बेलायत, क्यानडा जस्ता देशहरू नेपाली विद्यार्थीको पहिलो रोजाइमा परिरहेका छन्।
सहयोग र मार्गदर्शनको लागि
क्याम्ब्रिज एजुकेशन -भिआइपी मार्ग, बागबजार, काठमाडौं